यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, २९ असार । साताको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से १६.३४ अंकले बढेर २८७१.०३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन लगानीकर्ताको रोजाइका बैकको शयेर परेको छ ।

आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । बंगलादेशको ४५ करोड ४७ लाख ४७ हजार १८८ रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्सको शेयर परेको छ । नेपाल लाइफको २३ करोड ३५ लाख ३३ हजार २६८ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

एनआइसी एशिया बैंकको शेयर तेस्रो स्थानमा रहेको छ । एनआइसी एशिया बैंकको १९ करोड ९५ लाख १९ हजार ८९१ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा निर्धान उत्थना लघुवित्तको शेयर परेको छ । निर्धानको १९ करोड ९० लाख ६१ हजार ९८० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा नबिल बैंकको शेयर परेको छ । नबिलको १८ करोड ३० लाख ६९६ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here