राष्ट्रपतिको असन्तुष्ट संकेत: देउवा संविधानको धारा ‘कोट’ नगरी प्रधानमन्त्री नियुक्त

काठमाडौं, २९ असार । राष्ट्रपति कार्यालयको शीतल निवास सर्वोच्चको आदेशप्रति असन्तुष्ट रहेको सङ्केत दिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त सर्वोच्च अदालतको फैसला विपरित गरेर असन्तुष्ट रहेको सङ्केत दिएकी हुन् । ।

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नू भने पनि विज्ञप्तिमा संविधानको धारा/ उपधारा कोट गरिएको छैन ।

सर्वोच्चको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

‘संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसलाबमोजिम प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

ओलीले पहिल्यै विश्वासको मत नपाएको र दोस्रो पटक आफैले विश्वासको मत पाउन नसक्ने स्वीकार गरेकाले देउवालाई संविधानको प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिए पनि राष्ट्रपतिको कार्यालयले भने संविधान अनुसार भन्दा पनि अदालतको फैसला अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त भएको पुष्टिको प्रयास गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here