पाँच सदस्यीय बन्यो देउवा मन्त्रिमण्डल, अर्थको जिम्मा जनार्दन शर्मालाई

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियाको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा मंगलवार राति आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् ।

देउवाले मंगलवार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here