कपीराइटको केसमा फ्रान्सले गुगलमाथि लगायो ६० करोड डलर जरिवाना

काठमाडौं, ३० असार । फ्रान्सको एंटीट्रस्ट वाचडगले अमेरिकी संस्था गुगलमाथि करिब ६० करोड (५९३ मिलियन) डलरको जरिवाना लगाएको छ ।

देशका समाचार प्रकाशकहरूसँग कसरी कपीराइटको कुराकानी गर्ने भनेर नियामक आदेशको पालना गर्न असफल भएको कारण यो जरिवाना लगाईएको बताईएको छ ।

यस विषयमा समाचार संस्था ‘रोयटर्स’ ले लेखेको छ, ‘यदि कम्पनीले यस जरिवाना नतिरेमा दैनिक थप ९ मिलियन यूरोका दरले जरिवाना बढ्दै जानेछ ।’

यस फैसलाबाट गुगल असन्तुष्ट रहेपनि जरिवाना तिर्ने मनासयमा रहेको समाचार संस्था ‘रोयटर्स’मा उपलब्ध छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here