लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं, ३० असार । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको हो । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

भाडा समायोजन सम्बन्धमा असार २७ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति प्राप्त भएबमोजिम भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जाँदाजाँदै भाडा वृद्धिको स्वीकृति प्रदान गरेका थिए ।

सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धि लगायत बजारको महंगी (मूल्य वृद्धि) लाई मध्यनजर गर्दै यायायात व्यवसायी, उपभोक्ता अगुवा तथा सुरक्षा निकायसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको जनाएको छ ।

बढेको भाडा अन्तर प्रदेशमा संचालन हुने सवारी साधनमा असार २९ गतेदेखि लागू हुने गरी वृद्धि गरिएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here