प्रचण्ड, माधव नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान नेता नेपालको निवास कोटेश्वरमा तीन नेताबीच भेटवार्ता भएको हो ।

भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थासँगै समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएसँगै विप्लवले पनि राजनीतिक भेटघाट तीव्र पारेका छन् ।

उनले बुधबार मात्रै सत्ता सहयात्री दल नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here