शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँ घाटामा

काठमाडौं, ३१ असार । शोधनान्तर स्थिति रु.१५ अर्ब १५ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँ घाटामा रहेको हो ।

वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा चालु खाता रु.२९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको छ ।

ज्ञढ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई रु.१४ अर्ब १५ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई रु.१६ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१८ अर्ब ७२ करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here