अब एसएमएसबाटै लिन सकिन्छ ट्राफिक कारबाहीमा परेका कागजपत्रको जानकारी

काठमाडौं, ३१ असार । ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेका जानकारी अब एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरे पश्चात नियन्त्रणमा लिएका कागजपत्रहरुको बारेका जानकारी Document Tracking System (DTS) मोबाइल एसएमएस मार्फत लिन सकिने ट्राफिक महाशाखाले बताएको छ ।

ट्राफिक महाशाखाले दिदै आएको सेवालाई थप प्रभावकारी, सहज एव सरल बनाई आम सेवाग्राहीको सुबिधालाई ध्यानमा राखी प्रबिधीको प्रयोगगले ट्राफिक कारवाहीमा परेका सवारीको कागजपत्रहरू लिन कहाँ जाने ? कसरी लिने ? भन्ने द्वुबिधाबाट मुक्त हुने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए ।

यस बारेमा जानकारी लिनको लागि जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा Echalan स्पेस आर्थिक वर्ष स्पेस Chit Number टाईप गरी ३४००१ मा म्यासेज पठाउनु पर्ने छ ।

डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोवाईल एसएमएस मार्फत तुरून्त पुन वाग्राहीलाई म्यासेज सेपठाउने गर्दछ, सोही अनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ, कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाईन १०३ ब्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो, तर आजदेखी एसएमएस सिस्टमले सहज हुने उपरिक्षक भट्टराईले बताए ।

उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरेतापनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यबस्था भएका कारण कतिपय टाढाबाट आउने चालकहरुलाइ पर्ने गरेको असुबिधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने बिश्वास महाशाखाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here