थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु

काठमाडौं, ३१ असार । पछिल्लो २४ घण्टामा देशभर २६६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ जनाको एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा १७५७ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here