युनियन लाइफको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् सजिलै नतिजा

काठमाडौं, ३१ असार । युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ) अहिले बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ईन्द्रेणी बैंङक्वेट बानेश्वरमा बिहिबार दिउँसो बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता र ५८ लाख ५ हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

इन्स्योरेन्सको १० कित्ता शेयर उल्लेखित आवेदकलाई गोलाप्रथाबाट बितरण गरिएको हो । इन्स्योरेन्सले निष्काशन गरेको साधारण शेयरमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो ।

उक्त आवेदन मध्ये दोहोरो आवेदन गरेका ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भए पछि सदर भएका आवेदनलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो । ५ लाख ८० हजार ५०० आवेदकले शेयर पाएका छन् ।

यस आधारमा इन्स्योरेन्सको शेयरमा आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ । यस आधारमा इन्स्योरेन्सको शेयरमा आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

हाल १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र युनियन लाइफ इन्स्योरेन्सकोबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here