लामो दूरीका गाडी खुलेनन्, उपत्यका आउजाउ गर्ने सवारीलाई केही सहजता

काठमाडौं, ३१ असार । काठमाडौं उपत्यकामा फेरि १० निषेधाज्ञा थपिएको छ । विहिबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ।

हाल सञ्चालनमा रहेका पसलहरु साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको भएको छ ।

लामो दूरीका सार्वजनिक यातायात अझै खुलाइएको छैन । उपत्यका भित्र निजी तथा सार्वजनिक यातायात दुई साता अघिदेखि नै संचालन गरिए पनि लामो दूरीका गाडी अझै संचालन हुन सकेका छैनन् । उपत्यका आउजाउ गर्ने सवारीलाई केही सहज बनाएको छ ।

उपत्यकामा जारी निषेधाज्ञा यसअघि थपिएको म्याद आजराति १२ बजे सकिँदैछ । निषेधाज्ञाको समयवधि थपिएको यो सातौं पटक हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here