तीन पालिका अझै वाणिज्य बैंकको पहुँच बाहिर

काठमाडौं, ३१ असार । मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ११ महिनासम्मको तथ्यांक अनुसार कूल ७५३ मध्ये ३ स्थानीय तहमा अझै बैक विहिन रहेको हो ।

बैंकका अनुसार प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनीको सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

जेठ महिनासम्ममा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा शाखा पुग्न बाँकी रहेको हो ।

राष्ट्र बैैंकको तथ्यांक अनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या जेठ मसान्तमा १३८ कायम भएको छ । यस अनुसार २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या १० हजार ६११ पुगेका छन् । जसमा सबैभन्दा धेरै वाणिज्य बैंकका ४६९४ रहेका छन् । यस्तै, माइक्रोफाइनान्स ४६३७, विकास बैंक १०१६ र फाइनान्स कम्पनीका २१६ शाखा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here