टेलिकमले भन्यो-‘डाटा चोरी दाबीमा कुनै सत्यता छैन्, सबै सुरक्षित छ’

काठमाडौं, ३१ असार । नेपाल टेलिकमले कम्पनीको डाटा रेकर्ड चोरी भएको भनेर प्रशारण भएको सामचारहरुमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

विहिबार प्रवक्ता राजेश जोशीले विज्ञप्ति सार्वजनिक गर्दै कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको बताएका हुन् ।

यसअघि टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने खबर बाहिरिएको थियो ।

गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गर्दा यस्तो पाइएको टेलिकमको भनाइ छ ।

डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं, टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ।

‘ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here