श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरिने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा आर्थिक पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकालको प्रारम्भमा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले पुँजी बजारबारे भने आफूलाई धेरै कुरा थाहा नभएकाले अहिले नै यस विषयमा धेरै कुरा बोल्न नसक्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here