‘शेयर बजार देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने छ’- अर्थमन्त्री

फाइलफोटो

काठमाडौं, १ साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकूल बनाइने बताएका छन्।

अर्थमन्त्रीमा नियुक्त भएपछि शुक्रवार अर्थमन्त्रालयमा पत्रकारहरुसंग छलफल गर्दै शर्माले शेयर बजारमा देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने बताएका हुन ।

शेयर बजार वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र भएकाले यसमा आफुले ध्यान पुर्याउने शर्माको भनाई थियो । उनले अर्थतन्त्रको वास्तविक अवस्थालाई जानकारी दिन स्वेतपत्र समेत जारी गर्ने जानकारी दिए ।

शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट भने संसदमा पेश गर्ने बताए । यद्यपि, आफू अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उनले बताए । साथै, उनले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर छिट्टै स्वेतपत्र ल्याउने घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here