थप २९३६ जनामा कोरोना संक्रमण पुष्टी, १७७५ जना संक्रमण मुक्त

काठमाडौं, १ साउन। पछिल्लो २४ घण्टामा देशभर २९३६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६१३ पीसीआर परीक्षणमा २००६ र ४५६९ जनाको एन्टिजेन परीक्षणमा ९३० जना गरी२९३६ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १७७५ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ ।

पछिल्लो २४ घण्टामा४३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here