थप १८७५ जनामा कोरोना संक्रमण पुष्टी, २१६४ जना संक्रमण मुक्त

काठमाडौं, २ साउन। पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६८५८ पीसीआर परीक्षणमा १३१० र ३२०८ जनाको एन्टिजेन परीक्षणमा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६पुगेको छ । पछिल्लो २४ घण्टामा २१६४ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here