इजरायलमा मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

काठमाडौँ, १ असार । मेगा बैंकले ‘मेगा रेमीट’ ब्राण्डमा इजरायलमा पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो ।

जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ ।

जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्ने र
नेपालीहरुले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बैंकले जानकारी दिएकाे छ ।

अन्य देशहरुमा पनि यसैगरी रेमीट सेवा विस्तार गर्ने बैंकको योजना रहेको र त्यसको लागि काम भईरहेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here