शेयर बजारमा तीन नयाँ नियम लागू, खरिद-विक्रीमा १० पैसा बार्गेनिङ गर्न पाइने

काठमाडौं, ३ साउन । नेपाल स्टक एक्स्चेञ्जले आइतबारदेखि शेयर कारोबारमा नयाँ व्यवस्था लागू गर्ने भएको छ । कारोबारमा तीन वटा नयाँ नियम कार्यान्वयनमा आउने लागेको हो ।

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोवार सत्र (प्रिओपनिङ) को मूल्य सीमा र धितोपत्रको कारोवारमा न्यूनतम मूल्य परिवर्तन सीमामा नयाँ व्यवस्था गर्न निर्देशन दिएसँगै नेप्सेले धितोपत्र कारोबार संचालन नियमावली र मुल विनियमावलीको विनियम १३ मा संसोधन गरी उक्त व्यवस्था कार्यान्यनमा आउने लागेको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को दोस्रो संशोधन गर्दै गरेको व्यवस्था अनुसार शेयर खरिद विक्री गर्दा १० पैसामा बार्गेनिङ गर्न पाइने भएको छ ।

यसअघि शेयर कारोबार गर्दा रहेको न्यूनतम सीमा १ रुपैयाँलाई परिवर्तन गर्दै बोर्डले १० पैसा कायम गरेको हो ।

यस्तै, आजदेखि शेयर कारोबारमा छुट्टाछुट्टै पूँजीगत कर लागू हुने भएको छ । खरिद गरेको १ वर्षभित्र शेयर बेचेमा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्ने छ १ वर्षपछि बेच्दा ५ प्रतिशत मात्र कर लाग्नेछ ।

यस्तै, आजदेखि प्रिसेसन कारोबारमा शेयर मूल्य २ प्रतिशत मात्र बढाउन/घटाउन पाइने छ । प्रिसेसनमा धितोपत्रको कारोबारमा हुने अस्वभाविक उत्तरचढावलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यसअघि प्रिसेसनमा एकैचोटी ५ प्रतिशत मूल्य बढाएर/घटाएर कारोबार गर्न पाउने व्यवस्था थियो । जसले बजारमा निकै चलखेल हुने गरेको थियो ।

यस अघि बोर्डले पछिल्लो समय प्रारम्भिक सत्रमा कारोवार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको जानकारी दिएको थियो ।

प्रि ओपनिङले सेयर बजारलाई व्यवस्थित गर्नुभन्दा पनि थप समस्या निम्त्याएको भन्दै बोर्डले उक्त सीमालाई नै परिवर्तन गरिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here