उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ साउन । नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । कारोबार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा रु ४ सयले बढेको हो ।

शुक्रबार प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आइतबार तोलामा रु ४ सयले बढेर प्रतितोला रु ९३ हजार ६ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९२ हजार १ सय कायम भएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १२९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here