नबिल बैंकले ३ अर्बको ऋणपत्र ल्याउँदै, ब्याजदर ८ प्रतिशत

काठमाडौं, ३ साउन । नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र (डिबेन्चर) जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित दरका ३० लाख कित्ता बराबरको ऋण पत्र जारी गर्न लागेको हो ।

अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपपत्र कम्तिमा २५ कित्ता खरिद गर्नु पर्ने छ। बढीमा सबै खरिद गर्न पाइने छ। बैंकले ३ अर्ब रुपैयाँ अर्थात ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ। बाँकी सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई बिक्री गर्ने छ।

ऋणपत्रको व्याजदर वार्षिक ८ प्रतिशत रहने बताइएको छ । यस मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ ।

त्यस्तै, १२ कित्ता मध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने जनाएको छ । बैंकका अनुसार ऋणपत्र १० साउनसम्ममा निष्कासन गरिने र १३ गतेसम्म आवेदन खुला राखिने जनाएको छ । ढिलोमा २४ साउनमा ऋणपत्र बन्द हुने छ ।

उक्त ऋण पत्रकाे अवधी ७ वर्षको हुने छ । अवधि पूरा भएपछि बक्याैता ब्याज र साँउसहित बैंकले खरिदकर्तालाइ ऋण पत्रकाे रकम फिर्ता गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here