काठमाडौं, ३ साउन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
साताको कारोबारको पहिलो दिन १:३० बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । सिंगटी शेयर ४३ रुपैयाँ बढेर ४७६ रुपैयाँमा कारोबार भैरहेको छ ।
कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँमा भएको थियो ।