शेयर बजारमा उछाल, नेप्से ९७ अंकले बढ्दा ५ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १ साउन । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ अंकमा पुगेको छ ।

आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३ करोडको कारोबार भयो ।

आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा सिंगटी हाइड्रोपावर, सिन्धु विकास बैंक, समृद्धि फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । यी पाँचै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एनआइबीएल समृद्धि फन्डका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.३७ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार मञ्जुश्री फाइनान्सले गर्यो । फाइनान्सले ४० करोड ९९ लाखको कारोबार गर्यो । त्यस्तै नबिल बैंकले ३८ करोड ६१ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here