शेयर बजारमा छलाङ आउँदा सर्वाधिक रोजाइमा मञ्जुश्री फाइनान्स

काठमाडौं, ३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नयाँ आर्थिक वर्षको पहिलो कारोबारको दिनमै छलाङ आएको छ । आइतबार नेप्सेमा ९७.२१ अंकको बृद्धि भएको छ ।

मुख्यगरी बैंक, विकास बैंक, बीमा कम्पनी र माइक्रोफाइनान्स समूहको सेयरमा चमक आउँदा नेप्सेले ठूलो छलाङ मारेको छ ।

आज २२१ कम्पनीको ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूहसबैभन्दा धेरै ५।०५ प्रतिशतले बढेको छ भने बैंकिङ समूह पनि ४.७१ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । मञ्जुश्रीको ४० करोड ९९ लाख ७५ हजार १४० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा नबिल बैंकको शेयर परेको छ । नबिलको ३८ करोड ६३ लाख ११ हजार ४३५ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

अरुण भ्याली हाइड्रो कम्पनी तेस्रो स्थानमा रहेको छ । अरुण हाइड्रो कम्पनीको ३७ करोड ६८ लाख ७ हजार २६० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा एनआइसी एशिया बैंकको शेयर परेको छ । एनआइसीको ३५ करोड ३५ लाख ८२ हजार ९७७ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा कामना सेवा विकास बैकको शेयर परेको छ । कामना सेवाको ३४ करोड ११ लाख ८ हजार २५९ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here