संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं, ३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।

शनिबारको मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश खारेज गरेकी हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

दल विभाजन सम्बन्धि र संवैधानिक परिषद सम्बन्धि ऐन संशोधनको अध्यादेशलाई लिएर बिपक्षी दल तथा नागरिक तहमा मात्रै नभई तत्कालिन नेकपा भित्रै पनि ठूलो हलचल पैदा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here