पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार ती इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको उसले बताएको छ ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर रु. १ सय ८ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. ९६.५० मा झरेको छ ।

हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here