काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।
अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले अनैतिक राजनीतिको खेलबाट अलग हुने भन्दै आइतबार राजीनामा दिएका हुन्।
सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताए ।