थप १८७५ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु

काठमाडौं, ३ साउन । पछिल्लो २४ घण्टामा देशभर १८०१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६२८ पीसीआर परीक्षणमा १२२३ र ३ हजार जनाको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार १०९ पुगेको छ । पछिल्लो २४ घण्टामा १६६७ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here