प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन्।

देउवाले १६५ मत प्राप्त गरेका छन्। विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक थियो। संसदमा उपस्थित २४९ मध्ये विपक्षमा ८३ र मत १ मत खसेको छ। मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । सर्वोच्चको परमादेश पछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन्।

आजको बैठकमा आफ्ना दलका साथै देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले संस्थापन पक्षकै केही सांसदको समेत मत जित्न सफल भए। त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) को दुवै समूहबाट देउवाले विश्वासको मत पाए। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने पार्टी एकता कायम राख्न भन्दै तटस्थ बसेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here