बैंकमा थुप्रियो पैसा, एक सातामा ८२ अर्ब निक्षेप संकलन

काठमाडौं, ४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले निषेधाज्ञा घोषणा गरेसँगै आर्थिक गतिविधि घटेपनि बैकिङ कारोबार भने घटेको छैन् ।

निषेधाज्ञाको अवधिमा वाणिज्य बैंकहरु कर्जा लगानीमा भन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन् ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक सातामा नै बैंकहरुको निक्षेप ८२ अर्ब रुपैयाँले बढेको छ । कर्जा लगानी जम्मा ४२ अर्बले बढाएका छन् । यो तथ्यांक असार मसान्तसम्मको हो ।

यो अवधिमा बैंकहरुको निक्षेप ४१ खर्ब १९ अर्ब रुपैयाँबाट बढेर ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । जुन असारको तेस्रो सातामा ४० खर्ब ४६ अर्ब रुपैयाँ मात्रै थियो ।

बैंकहरुले असारको अन्तिम सातामा ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उनीहरुले अघिल्लो साता ३६ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

असार अन्त्यको साता भएकाले दिनप्रतिदिन सरकारी खर्च बढेको थियो । जसकारण अहिले बैंकहरुमा समेत निक्षेप बढिरहेको छ।

असार मसान्त आर्थिक वर्ष सकिने बेला भएका कारण तथा कर तिर्नुपर्ने भएका कारण पनि बैंकमा निक्षेप थुप्रिएको र कर्जाको माग कम भएको बताइने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here