शहिद लखनमा साउन ६ र ७ गते कोरोना विरुद्धको खोप लगाईने(सम्पर्क नम्बरसहित)

काठमाडौं, ४ असार । गोरखाको शहिद लखन गाउँपालिकामा साउन ६ र ७ गते कोरोना संक्रमण विरुद्धको खोप लगाईने भएको छ ।

गाउँपालिका भित्रका विभिन्न ९ वटा स्वास्थ्य चौकीमा साउन ६ र ७ गते कोरोना संक्रमण विरुद्धको खोप लगाईने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले जानकारी दिएका छन् ।

यस चरणमा ५० देखि ५४ वर्ष उमेर समुहका मानिसलाई कोरोना विरुद्धको खोप लगाईने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here