थप २४४५ जनामा कोरोना संक्रमण पुष्टी, १२५८ जना संक्रमण मुक्त

काठमाडौं, ४ साउन । पछिल्लो २४ घण्टामा देशभर २४४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७८३३ पीसीआर परीक्षणमा १६४२ र ३८३१ जनाको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २४४५ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार ७५१ पुगेको छ । पछिल्लो २४ घण्टामा १२५८ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ८३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here