बुधबार सार्वजनिक बिदा

काठमाडौं, ४ साउन । सरकारले साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

केही दिन अगाडि नेपाल मुस्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here