विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ५ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ ५० र बिक्रीदर १२० रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर ३९९ रुपैयाँ ४० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ७१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ५७ पैसा तोकिएको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here