मध्यभोटेकोशी र तेह्रथुम पावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं, ५ साउन । दुई हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण शेयर (आइपीओ) विक्री खुला गर्ने भएको छन् ।

मंगलबार (कार्यालय समय) देखि मध्यभोटेकोशी जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ विक्रीमा ल्याएका हुन् ।

तेह्रथुम पावरले पहिलो चरणमा तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ नबिकेमा ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता विक्री गर्न लागेको हो । स्थानीयलाई आइपीओ जारीपछि सर्वसाधरणका लागि सेयर जारी गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै मध्यभोटेकोशीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । कोरोनाका कारण स्थगित भएको आइपीओ अहिले पुनः खुलेको हो ।

निष्काशित कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा स्थानीयले साउन १७ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here