प्रतितोला ६०० रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ साउन । लगातार दुई दिन बढेको सुनको भाउ मंगलबार भने घटेको छ । आज सुनको भाउ तोलामा रु ६ सयले घटेको हो ।

सोमबार प्रतितोला रु ९३ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य मंगलबार तोलामा रु ६ सयले घटेर प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९२ हजार ७ सय कायम भएको छ ।

यता चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँ घटेर रु १२८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here