काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा नबढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यातायात व्यवस्था विभागले लामो दुरिका यातायातको लागि भाडा बढाएकोमा उपत्यकामा चल्ने कतिपय सार्वजनिक यातायातले बढी भाडा लिने गरेको गुनासो आएको कारण भाडा धेरै लिएमा तुरुन्त ट्राफिक महाशाखाको टोल फ्रि नम्बर १०३ मा फोन गर्न महाशाखाले अनुरोध गरेको हो ।
ताकेभन्दा धेरै भाडा लिने सवारी साधनलाई व्यवस्था अनुसारको कारबाही गरिने महाशाखाले जनाएको छ ।


























