लाभांश घोषणाले म्युचुअल फण्डको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं, ५ साउन । लाभांश घोषणाले म्युचुअल फण्डको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।

लक्ष्मी उन्नति कोषले नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा लाभांश घोषणा गरेसंगै मंगलबारको बजारमा लगानीकर्ताको पहिलो रोजाइमा म्युचुअल फण्डका शेयर परेका छन् ।

गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको लक्ष्मी उन्नति कोेषले आफ्ना इकाईधनीलाई आकर्षित प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

लगानीकर्ताको अपेक्षाभन्दा धेरै लक्ष्मी उन्नति कोषले गत आवको नाफाबाट फण्डका इकाईधनीलाई कर सहित २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको रोजाइमा म्युचुअल फण्डका इकाई परेका हुन् । लगानीकर्ताको उच्च आकर्षणले म्युचुअल फण्डको सूचक ६.२३ प्रतिशतले बढेको छ ।

कारोबारको साढे २ घण्टा अवधिमा मूल्य बढ्ने दश कम्पनीमा दशवटै म्युचुअल फण्डका इकाई रहेका छन् । यी फण्डको मूल्य १०.०४ देखि ६.८७ प्रतिशतसम्म बढेको छ ।

लक्ष्मी उन्नति कोषको सबैभन्दा धेरै १०.०४ बढेको छ भने लक्ष्मी इक्युटी फण्डको ८.९८ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here