बीमा कम्पनीको छलाङ, एक वर्षमा १ खर्ब ५१ अर्ब प्रिमियम संकलन

काठमाडौं, ५ साउन । बीमा कम्पनीहरुले प्रिमियम संकलनमा छलाङ मारेका छन् ।

गत आर्थिक वर्ष २०७७/७८ बीमा कम्पनीहरुको बीमा शुल्क व्यापक रुपमा बढाएका हुन् । बीमा समितिका अनुसार जीवन बीमाशुल्क २८.७१ प्रतिशतले र निर्जीवन बीमा शुल्क १५.३५ प्रतिशतले बढेको छ ।

समितिले साउन १ गते सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूमा स्थलगत अनुगमन गरेको थियो । अनुगम गर्दा गत आर्थिक वर्षमा कूल बीमाशुल्क वृद्धि भएको बीमा समितिले सार्वजनिक गरेको तथ्यांकमा देखाइएको छ ।

आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुबाट १ खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जीवन बीमा कम्पनीहरुबाट ३० अर्ब ९० करोड ६८ लाख गरि कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमा शुल्क संकलन भएको समितिले उल्लेख गरेको छ ।

अघिल्लो आर्थिक वर्ष ७६/७७ को तुलनामा आर्थिक वर्ष ७७/७८ मा कूल जीवन बीमाशुल्क २८.७१ प्रतिशतले र निर्जीवन बीमा शुल्क १५.३५ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षमा जीवन बीमा तर्फ १५ हजार ९ सय ६४ वटा बीमलेखको २ अर्ब २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४ सय ४० वटा बीमालेखको २० अर्ब १४ करोड ५१ लाख बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको तथ्यांक कम्पनीहरुबाट प्राप्त भएको समितिले जनाएको छ।

समितिका अनुसार जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख बराबरका ६६ हजार ३ सय ३१ वटा बीमा लेखहरु व्यतित (सरेन्डर) भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here