नौं अंकले घट्यो शेयर बजार, चार कम्पनीमा पोजेटिभ सर्किट लाग्दा ८ अर्बको कारोबार

काठमाडौं, ५ साउन । साताको तेस्रो कारोबार दिन आज शेयर बजार नौं अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ९.०१ अंकले घटेर २९८५.५७ अंकमा झरेको हो ।

मंगलबार २ सय १९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १ सय ९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाखको कारोबार भयो ।

बजार घट्दा पनि मंगलबार चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा लक्ष्मी उन्नती कोष, लक्ष्मी इक्युटी फण्ड, वरुण हाइड्रोवार र माउण्टेन हाइड्रो नेपाल रहेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा आइसीएफसी फाइनान्स लिमिटेडका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ६.१७ प्रतिशत घट्यो । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ४.७८ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार अरुण काबेली पावरले गर्यो । अरुण काबेली पावरले ३८ करोड ७८ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here