थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टी, १५९५ जना संक्रमण मुक्त

काठमाडौं, ५ साउन । पछिल्लो २४ घण्टामा देशभर ३१०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८८३६ पीसीआर परीक्षणमा २२०२ र ४२९९जनाको एन्टिजेन परीक्षणमा ९०६ जना गरी ३१०८ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ४१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here