फेरि बढ्यो कोरोना,उपत्यकामा थपिए ७१९ जना संक्रमित

काठमाडौं, ५ साउन । नेपालमा कोरोना संक्रमणको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ३१०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८८३६ पीसीआर परीक्षणमा २२०२ र ४२९९जनाको एन्टिजेन परीक्षणमा ९०६ जना गरी ३१०८ जनामा संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या सात हजार ८१८ रहेको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ४१९ रहेको छ । पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here