महालक्ष्मी विकास बैंकको खुद मुनाफमा छलाङ

काठमाडौं, ६ साउन । महालक्ष्मी विकास बैंकले खुद मुनाफमा छलाङ मारेको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण खुद नाफमा ७१.०२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा बैंकले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अघिल्लो आव को तुलनामा ७१ प्रतिशतले उकालो लागेको हो ।

त्यसैगरी बैंकले असार मसान्तसम्म आइपुग्दा ३८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । ३० अर्ब १० करोड ६३ लाख रुपैयाँ कर्जा लगानि गरेको छ । बैंकको अन्य आम्दानि ३८६ प्रतिशतले उकालो लागेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य अंकले बढेको छ ।

यसैगरी, बैंकको गैर सञ्चालन मुनाफा ३८६.७८ प्रतिशतले बढेर १६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो नाफा ३ करोड ३९ लाख रुपैयाँ मात्र थियो ।

समीक्षा अवधिमा बैंकले ३८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल ३ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ५६ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा ५६ करोड ३८ लाख रुपैयाँ रहेको छ । यसले सेयरधनीलाई करिब १६ प्रतिशतसम्म लाभांश वितरण गर्न पुग्छ ।

बैंकको प्रतिसेयर आम्दानी ५७.१८ प्रतिशत अर्थात् १३.९५ रुपैयाँबाट बढेर २१.९३ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६४.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.२९ प्रतिशत, खराब कर्जा ३.३२ प्रतिशत र बेसरेट ७.२८ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here