मैलुङ खोला जलविद्युतले साउन १४ देखि आइपीओ निष्कासन गर्ने

काठमाडौं, ६ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर(आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले साउन १४ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारी र ५ प्रतिशत हुने ३६ हजार ८१४ कित्ता शे यर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यस अघिनै आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ बिक्री गरिसकेको छ । यो आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । मैलुङको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here