यी हुन् शेयर मूल्य उच्च भएका नेपालका ५ कम्पनी, १ कित्ताकै २१ हजारसम्म

काठमाडौं, ६ साउन । शेयर बजारमा उतारचढाप जारी छ । साताको पहिलो र दोस्रो कारोबार दिनमा दोहोरो अंकले बढेको शेयर बजार तेस्रो दिन भने ९ अंकले घट्यो ।

नेप्से विन्दु ३००० अंक वरिपरी रहिरहँदा धेरै कम्पनीको शेयर मूल्यमा भने खासै वृद्धि भएको छैन् । तर, केही कम्पनीले भने बजार घट्दापनि मनग्य नाफा कमाइरहेका छन् । ती कम्पनीका एक कित्ता शेयरको मूल्य नै २१ हजारसम्म रहेको छ ।

यी हुन् सबैभन्दा धेरै मूल्य भएका ५ कम्पनीः

१. राष्ट्रिय बीमा कम्पनी

राष्ट्रिय बीमा कम्पनी नेपालको सबैभन्दा उच्च शेयर मूल्य भएको कम्पनी हो । कारोबार भएको अन्तिम दिन अर्थात मंगलबारको तथ्यांक अनुसार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता २१ हजार रुपैयाँ कायम भएको छ ।

२. यूनिलिभर नेपाल लिमिटेड

यूनिलिभर नेपाल लिमिटेड नेपालको धेरै शेयर मूल्य भएको दोस्रो कम्पनी हो । कारोबार भएको अन्तिम दिनको तथ्यांक अनुसार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

३. बोटलर्स नेपाल (तराई) लिमिटेड

बोटलर्स नेपाल (तराई) लिमिटेड उच्च शेयर मूल्य भएको तेस्रो कम्पनी हो । कारोबार भएको अन्तिम दिनको तथ्यांक अनुसार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ११ हजार २० रुपैयाँ कायम भएको छ ।

४. साल्ट ट्रेडिङ कर्पोरेशन

साल्ट ट्रेडिङ कर्पोरेशन शेयर मूल्य धेरै हुने कम्पनीको चौंथो नम्बरमा छ । कारोबार भएको अन्तिम दिनको तथ्यांक अनुसार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता १० हजार ७५० रुपैयाँ कायम भएको छ ।

५. महिला लघुवित्त वित्तीय संस्था

महिला लघुवित्त वित्तीय संस्था उच्च शेयर मूल्य भएको पाचौं कम्पनी हो । कारोबार भएको अन्तिम दिन अर्थात मंगलबारको तथ्यांक अनुसार यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ हजार ७० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here