थप २८३८ जनामा कोरोना संक्रमण पुष्टी, १४७५ जना संक्रमण मुक्त

काठमाडौं, ६ साउन । पछिल्लो २४ घण्टामा देशभर २८३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ जनाको एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७१ हजार ८७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १४७५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ४०२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here