अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । सिंहले पार्टीमा क्रियाशील सदस्यता वितरण, नवीकरण तथा समायोजनको विषयमा असन्तुष्टि जनाउँदै आएका थिए ।

‘मधेसमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनस्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु,’ सिंहले कांग्रेस सभापतिसमेत रहेका देउवालाई बुझाएको राजीनामा पत्रमा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here