मध्यभोटेकोशीको आइपीओमा १६ करोड बढीको आवेदन, कतिले भरे ?

काठमाडौं, ७ साउन । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयको लागि निष्काशन गरेको आइपीओमा दोस्रोदिनसम्ममा १६ करोड बढीको आवेदन परेको छ ।

कम्पनीले निष्काशन गरेको आइपीओमा हालसम्म कुल ७ हजार ५ सय ८६ आवेदकबाट १६ करोड ४७ लाख रुपैयाँ बढीको आवेदन परेको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको छ । निष्काशित कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिड. गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाड. र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

ईसेवाबाट यसरी दिनुहोस् आवेदन :

१. सर्वप्रथम ईसेवा लगइन गरी MBJCL – IPO (Local People) अप्सनमा क्लिक गर्ने ।

२. त्यसपछि सिन्धुपाल्चोकवासी भएको नभएको कन्फर्म गर्नुहोस् ।

३. त्यसपछि खुल्ने फर्ममा आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता, पैसा फिर्ता हुने माध्यम लगायत विवरण भर्नुहोस् ।

४. सबै विवरण भरेपछि प्रोसिड क्लिक गरी आवेदन दिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here