लामो दुरीको सवारी सञ्चालन गर्न काठमाडौं प्रशासनको अनुमति

काठमाडौं, ८ साउन । जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो।

साउन ४ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका निकायहरुबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट हुने परीक्षार्थी तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ’, सूचनामा भनिएको छ ।

यात्रु गर्नेहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here