थप ३११४ जनामा कोरोना पुष्टी, १६ संक्रमितको मृत्यु

काठमाडौं, ९ साउन । पछिल्लो २४ घण्टामा देशभर ३११४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ जनाको एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१९७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५६५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६९६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here